सेमिफाइनलका लागि नेपालको सुरुवाती ११ खेलाडी

हेटौंडा, ११ कात्तिक/साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीच आईतबार साँझ साढे ६ बजेबाट हुने सेमिफाइनल खेलका लागि नेपालको सुरुवाती ११ जना खेलाडीको नाम सार्वजनिक भएको छ।


आजको खेलमा एक खेलाडी परिवर्तन गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एन्फाको अनुसार सरु लिम्बुको ठाउँमा पुजा रानालाई परिवर्तन गरिएको छ। टोलीको कप्तानी एञ्जिला तुम्बाप्पो सुब्बाले गर्नेछिन्।


सुरुवाती ११ मा पुजा राना, बिमला विक, अमृता जैसी, रेनुका नगरकोटी, सावित्रा भण्डारी, गिता राना, रेखा पौडेल, प्रिति राई, एञ्जिला तुम्बाप्पो सुब्बा, सविता रानामगर, अमिशा कार्की रहेकाछन्। खेल सुरु हुनुभन्दा अघि नेपाली र भारतीय टोली दशरथ रंगशाला पुगिसकेका छन्। रंगशालामा दर्शकहरूको पनि उल्लेख्य उपस्थिति रहेको छ ।


यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमने सामने हुन लागेका हुन्। साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ। आजको सेमिफईनल खेल ४–४–२ अनुसार खेलाईने नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.