
मकवानपुरमा, २६ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पौष १० गतेबाट सञ्चालन हुने भएकोछ ।
बागमती प्रदेश फुटबल संघ (एन्फा)को आयोजनामा अखिल नेपाल फुटबल संघ मकवानपुरको समन्वय तथा स्थानीय प्रतिभा युवा क्लब र पिप्ले युवा क्लबको सहकार्यमा बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुन लागेको हो ।
यस अघि भएको जिल्ला लिगका बिजेता टिमहरु प्रदेश लिगमा सहभागी हुनेछन् । प्रतियोगिता हेटौंडाको हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)का बागमती प्रदेश महासचिव लबराज ठकुरीले बताए ।
प्रतियोगितामा बागामती प्रदेशका ११ जिल्लाका क्लबहरु सहभागी हुनेछन् । खेल लिगकम नकाउट आधारमा हुने छ । प्रतियोगिताका बिजेता र उपविजेता टिमले आगामी महिना हुने प्रेसिडेन्ट कप खेल्ने अवसर पाउनेछन् ।
खेलमा बिजेता उपबिजेता लगायत विधागत उत्कृष्ट खेलाडिलाई शिल्ड मेडल तथा प्रमाणपत्रका साथै नगद पुरस्कारद्वारा पुरष्किृत गरिने आयोजकले जनाएको छ ।
पहिलो सस्करणको प्रदेश लिग नुवाकोटमा भएको थियो । उक्त प्रतियोगितामा धादिङ समाज धादिङ विजेता बनेको थियो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan