गोरखा २,प्रलोपा बाट बाबुराम भट्टराईको उम्मेदवारी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। आइतबार गोरखाका अगुवा नेताहरूसँग भएको छलफलपछि भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमत भएको जिल्ला इन्चार्ज यानप्रसाद भट्ट (सरोज) ले जानकारी दिएका छन्।
आज बसेको प्रलोपाको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको भए पनि गोरखा २ मा तालमेल हुने वा नहुने विषय भने अझै टुंगो लाग्न बाँकी रहेको भट्टले बताए।
गोरखा २ मा नेकपाले यसअघि नै लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइसकेको छ भने एमालेले चक्रे मिलनलाई मैदानमा उतारेको छ। रास्वपाले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाइसकेको छैन।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.