बागमती प्रदेश सरकारका मुख्यमन्त्रीलाई माओवादी केन्द्रद्वारा ज्ञापनपत्र बुझाइयो

हेटौँडा । बागमती प्रदेश सरकारका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले हालको १४ मन्त्रालय घटाएर ७ मन्त्रालयमा सीमित गर्नुपर्ने मागसहित मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाएको छ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलको नेतृत्वमा पुगेको टोलीले बिहीबार मुख्यमन्त्री बानियाँलाई भेटी विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको हो।

ज्ञापनपत्रमा मन्त्रालयको संख्या घटाउनुका साथै तत्काल प्रदेश सभाको बैठक बोलाउन, हालैको बाढी–पहिरोबाट प्रभावित जनतालाई राहत उपलब्ध गराउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरिएको छ।

त्यसैगरी, सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन, बजेट कार्यान्वयनमा पारदर्शिता सुनिश्चित गर्न, प्राथमिकता प्राप्त सडक, पुल तथा विकास आयोजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन पनि माग गरिएको छ।

ज्ञापनपत्रमा विगतका सरकारका निर्णयहरू पुनरावलोकन गरी सुशासन, पारदर्शिता र जनमुखी कार्यशैली अपनाउनुपर्नेमा जोड दिइएको छ।

प्रदेशमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न सबै दलबीच सहकार्यको आवश्यकता रहेको भन्दै माओवादी केन्द्रले सरकारलाई जनताका पक्षमा जिम्मेवार र परिणाममुखी रूपमा अघि बढ्न आग्रह गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.