प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि अभियान चलाउने: प्रचण्ड

मकवानपुर २४, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थाको लागि अभियान चलाउने बताएका छन्।
मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित यो∙ कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को दोस्रो नगर सम्मेलनको उद्घाटन सत्रमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार भएमा अस्थिरताको सवाल नआउने बताए ।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा गरिब किसानको ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युतभार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे।


मुलुकको समृद्धिका लागि आफ्नो कार्यकालमा बिभिन्न कार्य गरेको बताउँदै प्रचण्डले मुलुकमा परिवर्तनको लहर ल्याएर नै छाड्ने बताए ।
उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गर्दै धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको बताए।
उनले थानकोट–चित्लाङ–चन्द्रागिरि सडक (गणेशमान मार्ग) स्तरोन्नतिसहित कालोपत्रे गर्ने, फोदगाउँ बस्ती बचाउको योजनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
बागमती सरकारको लगानीमा कबर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दामगाडे महादेववेशी सडक ९८ करोडको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कुञ्छाल कुलेखानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए ।


अध्यक्ष प्रचण्ड थाहा नगरमै बस्ने कार्यक्रम रहेको माओवादी केन्द्र थाहा नगरका अध्यक्ष विनोद कुमार लामाले जानकारी दिए । पालुङको सभालाई सम्बोधन पछि शनिबारको रात प्रचण्डले बज्रबाराहीको एक होटलमा बिताउने भएका छन् । उनले त्यही नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।
आइतबार पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पालुङमा रहेको जेसीज हलमा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, केन्द्रीय सदस्य रामनारायण बिडारी, कुमारी मोक्तान, बिजय गौतम्, प्रमिला पुलामी, मानकुमारी पाख्रिन, प्रल्हाद लामिछाने, बाइसीएलका केन्द्रीय इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’, अध्यक्ष सुवोध शेर्पालीसहित केन्द्रीय सदस्य, बागमती प्रदेश अध्यक्षसहितको सहभागिता रहने छ । कार्यक्रममा शहीद तथा बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना, जनयुद्धका घाईते अपांगलाई सम्मान गरिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.