
काठमाडौं,१० असोज / संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किनुभएको छ।
१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको थियो। त्यसपछि उहाँले ८१औँ महासभाको उच्चस्तरीय सत्रमा नेपालका तर्फबाट सम्बोधन गर्नुभएको थियो।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विशेषगरी जलवायु परिवर्तन, हिमालय क्षेत्रको संकट, विपद्, जलवायु न्याय र नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न कार्यक्रम तथा ब्रिफिङमा समेत सहभागिता जनाउनुभएको थियो।
प्रधानमन्त्री शाहको भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ गर्ने तयारी गरेको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan