
थाहा नगरपालिका मकवानपुर/ मकवानपुर जिल्लाकै तेस्रो जेठो माध्यमिक विद्यालयका रूपमा परिचित जनकल्याण माध्यमिक विद्यालयमा आज सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले १३ सदस्यीय ‘जनकल्याण एलुमनाइ एसोसिएसन’ गठन गरेको छ।
भेलाले यादव जंग रायमाझीको अध्यक्षतामा एलुमनाइ एसोसिएसनको कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विजय विक्रम श्रेष्ठ, सचिवमा विक्रम गोपाली, सह सचिवमा मञ्जरी अधिकारी तथा कोषाध्यक्षमा कमला अधिकारी चयन भएका छन्।
यसैगरी कार्यसमितिका सदस्यहरूमा हरीकृष्ण कार्की, शम्भु अधिकारी, नवीन रायमाझी, गगन श्रेष्ठ, राजकुमार मोक्तान, विरोध रायमाझी, पूर्णिका कार्की र नारायण तामाङ रहेका छन्।
नवगठित एलुमनाइ एसोसिएसनले विद्यालय र पूर्व विद्यार्थीहरूबीच संस्थागत सम्बन्ध विस्तार गर्दै शैक्षिक गुणस्तर सुधार, विद्यार्थी हितका कार्यक्रम सञ्चालन तथा विद्यालयको भौतिक तथा शैक्षिक विकासमा आवश्यक सहयोग गर्ने उद्देश्य लिएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan