गोरखाका दुवै क्षेत्रबाट बाबुराम भट्टराई सिफारिस,

गोरखा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाले पूर्वप्रधानमन्त्री एवं पार्टीका संरक्षक डा. बाबुराम भट्टराईको नाम दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ।
जिल्ला कार्यसमितिको हालै बसेको बैठकले गोरखा निर्वाचन क्षेत्र नं. १ र २ दुवैबाट डा. भट्टराईलाई प्रमुख उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको पार्टीले जनाएको छ।
क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम सिफारिस
पार्टीले गोरखा निर्वाचन क्षेत्र नम्बर १ का लागि डा. बाबुराम भट्टराईसहित अन्य चार जनाको नाम पनि सिफारिस गरेको छ। सिफारिस सूचीमा शारदा प्रसाद धिताल, बाबुराम नेपाली, साधुराम नेपाली र पत्रकार अर्जुन पन्त रहेका छन्।
क्षेत्र नम्बर २ का उम्मेदवार
त्यसैगरी, गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँगै बाबुराम श्रेष्ठ, परशुराम पोखरेल र सानु गुरुङको नाम सिफारिस गरिएको छ। बैठकले सबै नामहरू सर्वसम्मतिबाट टुंगो लगाएको जनाइएको छ।
जनपक्षीय मुद्दालाई प्राथमिकता
गण्डकी प्रदेश इन्चार्ज फणीन्द्र देवकोटाको विशेष उपस्थितिमा सम्पन्न बैठकले आगामी निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेको छ। जनपक्षीय मुद्दालाई प्राथमिकतामा राख्दै संगठन सुदृढीकरण गर्ने उद्देश्यले उम्मेदवारहरूको नाम सिफारिस गरिएको पार्टीको भनाइ छ।
बैठकले निर्वाचन केन्द्रित अभियानलाई तीव्र पार्ने, साथै जिल्लाका सबै पालिका तथा वडा तहसम्म पार्टीको संगठनात्मक उपस्थिति मजबुत बनाउने रणनीति पनि तय गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.