प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र राष्ट्रिय परिवर्तन पार्टीबीच निर्वाचन सहकार्यको सहमति


काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र राष्ट्रिय परिवर्तन पार्टीबीच आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ। मुलुक गम्भीर आर्थिक तथा राजनीतिक संकट, भ्रष्टाचार, बेरोजगारी र राजनीतिक विकृतिको चपेटामा परिरहेको अवस्थामा वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यसहित दुवै पार्टीबीच सहमति भएको जनाइएको छ।


२३ पौष २०८२ मा जारी संयुक्त सहमति पत्रअनुसार विगतका विभिन्न चरणका न्यायपूर्ण संघर्ष र जनआन्दोलनमा बलिदान दिएका महान सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा बेपत्ता योद्धाहरूलाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै सहिदहरूको सपना साकार पार्ने दृढ संकल्पसमेत सहमतिमा उल्लेख छ।


सहमति अनुसार आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै पार्टीबीच सहकार्य गरिनेछ भने आजको मितिदेखि पार्टी एकताका लागि छलफललाई अगाडि बढाइने भएको छ।
देश तथा विदेशमा रहेका परिवर्तनशील, देशभक्त शक्ति र विशेषगरी युवा पुस्तालाई अभियानमा सहभागी हुन आह्वान गर्दै भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचन र विभिन्न मोर्चाबाट परास्त गर्न नयाँ तथा उन्नत वैकल्पिक शक्तिहरूलाई हातेमालो गर्न अपिल गरिएको छ।
सहमति पत्रमा राष्ट्रिय परिवर्तन पार्टीका उपाध्यक्ष दिनेशचन्द्र खनाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का निर्वाचन परिचालन तथा वार्ता संवाद समिति संयोजक जनार्दन शर्माले हस्ताक्षर गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.