
हेटौडा पौष २०/ HSM Presents कमाने प्रिमियर लिग (केपीएल) सिजन ,४ को प्लेयर अक्सन कार्यक्रम शनिबार सम्पन्न भएको छ। प्रतियोगिताको तयारीस्वरूप मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ,८ स्थित शुभम पार्टी प्यालेसमा आयोजित अक्सनमार्फत ६ वटै टिमले आफ्नो टोली निर्माण गरेका छन्।
६ टिम सहभागी हुने प्रतियोगितामा १३१ जना सूचीकृत खेलाडीमध्ये प्रत्येक टिमले २ जना मार्की खेलाडी (जसमध्ये एक जना स्थानीय खेलाडी अनिवार्य) सहित अक्सन प्रक्रियामार्फत खेलाडी छनोट गरेका हुन्। अक्सनअघि नै सबै टिमले आफ्ना कप्तान तय गरिसकेको आयोजकले जनाएको छ।
यस संस्करणमा नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका जनकपुर बोल्ट्सका खेलाडी शुभ कंशकार पनि कमाने प्रिमियर लिगमा सहभागी हुने भएका छन्। अक्सनमार्फत ५२ जना स्थानीय खेलाडी छनोट गरिएको छ भने बाँकी खेलाडीहरू ट्यालेन्ट हन्ट तथा अन्य प्रक्रियाबाट टिमहरूले आवश्यकताअनुसार खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
कमाने क्रिकेट क्लबको आयोजनामा हुने कमाने प्रिमियर लिग सिजन–४ आगामी माघ १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताले स्थानीय क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्दै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
कार्यक्रम खेल संयोजक तथा क्लबका सचिव विष्णु दहालको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर–८ का अध्यक्ष रामकृष्ण थापा, विशिष्ट अतिथि वडा सदस्य गोरथनाथ राय रहेका थिए। साथै बाग्मती क्रिकेट संघका उपाध्यक्ष प्रेम केसी, राष्ट्रिय अम्पायर विनोद वानिया, बाग्मती प्रदेश खेलकुद समिति सदस्य संगीत श्रेष्ठ, नगर खेलकुद समिति सदस्य यज्ञ राय, वडा खेलकुद समिति अध्यक्ष उमेश थापा, कमाने फुटबल एकेडेमीका अध्यक्ष रमेश थापा, यति ब्रुअरी (अर्ना बियर) का प्रतिनिधि मोहन कुवर लगायतको उपस्थिति रहेको थियो।
हेटौडा स्कुल अफ म्यानेजनेन्ट टाईटल स्पन्सर सहित ८ नं वडा कार्यलयको प्रायोजनमा हुने प्रतियोगिता कमाने स्थित चन्द्रोदय मा.वि.को खेलमैदानमा हुने क्लबका अध्यक्ष किशोर खत्रीले जानकारी गराउनु भयो





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan