प्रगतिशील लोकतान्त्रिक पार्टी र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानबीच पार्टी एकता

काठमाडौं / प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमति गर्दै एकताको औपचारिक घोषणा गरिएको हो।


सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट निर्वाचन परिचालन तथा वार्तासंवाद समिति संयोजक जनार्दन शर्मा र क्रान्तिकारी शक्ति पुनर्गठन अभियानका तर्फबाट संयोजक दलसिंह खत्री ‘मिसन’ ले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार जेन्जी जनआन्दोलनको अपनत्व लिँदै सम्पूर्ण सहिद तथा घाइते परिवारका मागहरू सम्बोधन गर्न पहल गरिनेछ। साथै, सुशासन र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक अगाडि बढ्दै राज्यका अङ्गहरू,व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका मा समेत पुनर्संरचना गर्न पहल गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै, पार्टी एकताको क्रममा सचिवालयदेखि सम्पूर्ण तहमा सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्दै साङ्गठनिक एकता कायम गरिने उल्लेख छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा उम्मेदवार तय गरी सहभागिता जनाइने सहमति पनि भएको छ।
सहमति पत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘एकल खुलेको आँखा’ लाई कायम राख्दै सुशासन, लोकतन्त्र र परिवर्तनका पक्षमा गोलबद्ध हुन सम्पूर्ण प्रगतिशील शक्ति र आम नागरिकलाई आह्वान गरिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.