कक्षा १२ को नतीजामा मकवानपुरको कमजोर प्रदर्शनबारे हेटौँडामा गम्भीर बहस

मकवानपुर जिल्लाको कक्षा१२ को कमजोर नतीजालाई लिएर राष्ट्रिय परीक्षा बोर्डले हेटौँडामा सरोकारवालासँग अन्तरक्रिया गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको उपस्थितिमा भएको कार्यक्रममा २०८१ सालको परीक्षामा करिब ५१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण हुनु गम्भीर चिन्ताको विषय भएको बताइयो।

बोर्डको हेटौँडा कार्यालयका प्रमुख बद्रिबहादुर पाठकले राष्ट्रिय तथा प्रदेश औसतभन्दा मकवानपुरको नतीजा कमजोर रहेको उल्लेख गर्दै समीक्षा र सुधार अपरिहार्य भएको धारणा राख्नुभयो। कार्यक्रममा अतिरिक्त कक्षा सञ्चालन, विज्ञसँग परामर्श र शैक्षिक संस्थाको समग्र सुधारमा जोड दिइयो।

अन्तरक्रियामा सहभागीहरूले निशुल्क शिक्षा भनिए पनि विभिन्न शीर्षकमा शुल्क लिनुपर्ने बाध्यता, राजनीतिक इच्छाशक्तिको कमी र गुणस्तरीय शिक्षामा पर्याप्त ध्यान नपुगेको गुनासो गरे। छलफलले कक्षा–१२ को नतीजा सुधारका लागि नीति, व्यवस्थापन र जिम्मेवारी सबै तहबाट पुनः सोच्नुपर्ने संकेत गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.