
नेपाल जेसीज वर्ष २०२६ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका युवा नेता तथा पालुङ जेसीज २०२५ का अध्यक्ष माधव कार्कीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। संगठनभित्रको निरन्तर सक्रियता,जिम्मेवारीप्रतिको प्रतिबद्धता र सामाजिक कार्यप्रति देखिएको समर्पणले कार्कीलाई राष्ट्रिय नेतृत्वको अग्रपंक्तिमा उभ्याएको एक कार्यक्रमका बिच पालुङ जेसिजले जानकारी दिएको हो।
कार्कीले २०१५ मा पालुङ जेसीज सदस्यता लिएदेखि निरन्तर संगठनभित्र विभिन्न तहका जिम्मेवारी सम्हाल्दै आएका छन्।
सन् २०१६ देखि २०१९ सम्म साधारण सदस्यबाट यात्रा सुरु गरेका उनले २०२० मा भरत रत्न छात्रवृत्ति कार्यक्रमका संयोजक,२०२१ मा उपाध्यक्ष,२०२२ मा शाखा सम्पादक,२०२३ मा कोषाध्यक्ष,र २०२५ मा शाखा अध्यक्षको भूमिकालाई सफलतापूर्वक नेतृत्व दिदै आएका छन।
थाहा नगरपालिका २, मकवानपुरका स्व. श्याम बहादुर कार्की र राधादेवी कार्कीको कोखबाट २०४९ सालमा जन्मेका माधव कार्की विभिन्न सामाजिक तथा उद्यमशील गतिविधिमा लामो समयदेखि सक्रिय छन्।
उनी होमस्टे महासंघका केन्द्रिय सचिवालय सदस्य,
मुक्तिनाथ हरियाली कृषि सहकारीका अध्यक्ष,
पाथीभरा क्षेत्र संरक्षण समिति थाहा २ का अध्यक्ष,
डाडाघरे बा’को होमस्टेका संचालक,
डाडाघरे कृषि तथा एग्रो टुरिजमका प्रोपाइटर,
थाहा पीस लायन्स क्लबका सदस्य,
थाहा नगर होटल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष,
साथै होमस्टे तालिमका अनुभवी प्रशिक्षकसमेत रहेका छन्।
राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि कार्कीले भने
पालुङ जेसीजलाई राष्ट्रिय स्तरमा परिचित गराउँदै, थाहा नगरमा अन्य क्षेत्रका सफल अभ्यासहरू कार्यान्वयन गर्न मेरो भूमिका केन्द्रित हुनेछ।
उनले जेसीजलाई “युवाको क्षमता उजागर गर्ने नेतृत्व विद्यालय” भन्दै आफू भविष्यमा राष्ट्रिय अध्यक्ष बन्ने अभियानमा रहेको स्पष्ट पारे।
नेपाल जेसीजको ५२औं महाधिवेशन आगामी पौष ४ देखि ७ गतेसम्म जनकपुरमा आयोजना हुँदैछ, जसले वर्ष २०२६ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन गर्नेछ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan