बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन, ८९ वर्षमा समाप्त भयो एक युग

भारतीय चलचित्र उद्योगका प्रसिद्ध अभिनेता धर्मेन्द्र देवलको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै बलिउडले एउटा स्वर्णिम युग गुमाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया जनाएका छन्।

केही दिनअघि श्वासप्रश्वाससम्बन्धी समस्याका कारण धर्मेन्द्रलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो। उपचारपछि उनी घर फर्किएका थिए तर स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेको छ।

छ दशकभन्दा बढी बलिउडमा सक्रिय रहँदै धर्मेन्द्रले सयौं फिल्ममा अभिनय गरेका थिए। उनीलाई एक्शन, रोमान्स र पारिवारिक भूमिकामा उत्तिकै सफल अभिनेता मानिन्छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.