मिजारको निर्देशनमा ‘आशैमा बस्यो मन’ सार्वजनिक

हेटौंडा । पश्चिम मकवानपुरको मनहरीबाट उदाएका प्रतिभाशाली युवा निर्देशक बिजय मिजारले आफ्नो नयाँ सिर्जना ‘आशैमा बस्यो मन’ मार्फत फेरि एकपटक आफूलाई बलियो रूपमा स्थापित गरेका छन् । थुप्रै म्युजिक भिडियो र सर्ट-मुभीमा निर्देशनदेखि अभिनयसम्म निरन्तर सक्रिय रहँदै आएका मिजार पछिल्लो समय युवा पुस्तामाझ ‘क्लिन भिजुअल, संवेदनशील कथा र भावनात्मक निर्देशन’ को पर्याय बन्दै गएका छन् ।
उनकै निर्देशनमा शुक्रबार सार्वजनिक भएको गीत ‘आशैमा बस्यो मन’ ले यसपटक पनि दर्शकलाई गहिरो प्रेमकथामा डुबाउने काम गरेको छ । भिडियोका प्रत्येक फ्रेम, पात्रको भाव, क्यामेराको गति र कथाको प्रस्तुतीकरणमा मिजारको विशिष्ट शैली स्पष्ट झल्किन्छ । सरल तर असरदार, सौम्य तर मन छुने ।
गीतमा स्वर दिएका छन् सचिन राईले, शब्द दुर्लभ जन्तरे, र संगीत तथा एरेन्ज मनोज थापा मगरका हुन् । गीतलाई जीवन्त बनाउन छायांकन रमित बोहोराले, प्रोडक्सन र ड्रोन इश्वर वल्लभ उप्रेतीले, तथा मेकअप सोनी काण्डेल (सरदा) ले उल्लेख्य भूमिका निभाएका छन् ।
मुख्य भूमिकामा देखिएका अर्जुन थापा र प्रीतिका शर्माको रसायनलाई निर्देशक मिजारले सूक्ष्म रूपमा उतारेका छन् । भिडियोको सम्पादन, कलर र ग्राफिक्स पनि अर्जुन थापाकै हातबाट तयार भएको हो, जसले भिडियोको भिजुअल फ्लो अझै आकर्षक बनाएको छ। सम्पादन कार्य काजल फिल्म्स, अनामनगरमा सम्पन्न भएको हो ।
निर्माण टिमले विशेष धन्यवादका रूपमा रबिराज थापा, रामहरी बस्नेत, राजु खड्का, अतल राई, रामचन्द्र पौडेल र प्रेम तामाङलाई सम्झिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.