बागमती गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि बजेट सुनिश्चित,

मंसिर ५/ मकवानपुर बागमती गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि आवश्यक बजेट स्थानीय पूर्वाधार विभागमार्फत औपचारिकरूपमा सुनिश्चित भएको छ। गाउँपालिका अध्यक्ष सर्केश घलानको नेतृत्वमा गरिएको निरन्तर पहल, समन्वय र सहजीकरणकै परिणामस्वरूप यस महत्वपूर्ण पूर्वाधार निर्माण कार्य अगाडि बढ्ने तयारीमा पुगेको हो।

करिब १० करोड रुपैयाँ लागत अनुमानमा बन्ने उक्त प्रशासकीय भवन नेपाल सरकारको ६०% र गाउँपालिकाको ४०% लागत साझेदारीमा निर्माण हुनेछ। यो भवन गाउँपालिकाको सेवाप्रवाह, पहुँच, प्रशासनिक क्षमता र समग्र संस्थागत कार्यक्षमता वृद्धि गर्ने आधारभूत पूर्वाधारका रूपमा रहने अपेक्षा गरिएको छ।

विनियोजित बजेटअनुसार अब छिट्टै टेन्डर प्रक्रियामा प्रवेश गरी गुणस्तरीय ढंगले पूर्वाधार निर्माण अघि बढाइने गाउँपालिका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले प्रतिबद्धता व्यक्त गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.