प्रगतिशील अभियानमा जुट्दै,दुर्गा सोप,सुदन किराँती र सन्तोष परियारबीच पाँच बुदे समझदारी

काठमाडौं, कार्तिक २८, देशको गम्भीर आर्थिक–राजनीतिक सङ्कट, बढ्दो भ्रष्टाचार, बेरोजगारी, नातावाद (क्लाइण्टेलिज्म) र कमजोर शासन व्यवस्थाका कारण जनता निराश बन्दै गएको भन्दै तीन राजनीतिक ध्रुवबीच नयाँ राजनीतिक मोर्चा निर्माणतर्फ महत्त्वपूर्ण सहमति भएको छ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोप,प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँती र राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वतमान प्रमुख सचेतक सन्तोष परियारबीच शुक्रबार लिखित सहमति पत्रमा हस्ताक्षर गरिएको हो।

सहमति अनुसार देशमा विगतका विभिन्न जनआन्दोलन देखि हालै भएको जेन्जी आन्दोलन सम्म जारी परिवर्तनका लक्ष्यलाई संस्थागत गर्दै नयाँ राजनीतिक अभियानलाई एकीकृत रूपमा अगाडि बढाउने सहमति भएको छ।

सहमतिको प्रमुख बुँदाहरू :

१,जनआन्दोलनका आदर्श अनुसार अगाडि बढ्ने प्रतिबद्धता
विगतका ऐतिहासिक आन्दोलनले उठाएका मुद्दा, जनताले गरेको बलिदान र राजनीतिक रूपान्तरणका लक्ष्यमाथि आधारित भएर नयाँ अभियानलाई अघि बढाइने।

२,एकीकृत राजनीतिक शक्ति निर्माण नयाँ एकीकृत पार्टी निर्माण प्रक्रिया सुरु गर्ने तथा नाम र चुनाव चिह्न समेत एकै ठाउँमा बनाउने तयारी अघि बढाइने।

३, मंसिर भित्रै एकता–घोषणा
यही मंसिर महिनाभित्रै औपचारिक रूपमा एकता घोषणा गर्ने सहमति।

४, देश–विदेशमा रहेका जनसमुदायसँग संवाद र अभियान
जनव्यापी, लोकतान्त्रिक र राष्ट्रवादी राजनीतिक अभियानलाई देशभरका समुदाय तथा प्रवासी नेपालीसमेतसँग समन्वय गर्दै अघि बढाइने।

५, नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण
पार्टी–स्वार्थभन्दा माथि उठेर समग्र राष्ट्रिय हितमा केन्द्रित एकीकृत राजनीतिक शक्ति निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।

सहमति पत्रमा दुर्गा सोब, सुदन किराँती र सन्तोष परियारका हस्ताक्षर छन्। राजनीतिक वृत्तमा यो सहमति आगामी दिनमा मुलुकको वैकल्पिक राजनीतिक शक्तिको आधारशिला बन्नसक्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.