
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार अब माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएका छन्। दल दर्ताको तयारीसमेत भइरहेको बताइएको छ। जनार्दन र सुदन किराँती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूले नयाँ दल खोल्ने तयारी गरिरहेका छन्।
यस दलमा सन्तोष परियार महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्। माओवादी केन्द्र विघटनपछि जनार्दनले प्रगतिशील अभियान नेपालको घोषणा गरेका थिए। यस अभियानमा सुदन किराँती, राम कार्की, अञ्जना विशंखे लगायतका नेताहरू रहेका छन्। विवेकशील पार्टीकी रञ्जु दर्शना पनि संवादमा छन् भने डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि जोडिन सक्ने खबर छ।
स्रोतका अनुसार, परियार केही समयदेखि जनार्दनको टिमसँग संवादमा थिए। रास्वपामा सीमित नेताहरूलाई मात्र उनले पार्टी छोड्ने कुरा जानकारी गराएका थिए, बाँकीका लागि यो निर्णय सरप्राइजको रूपमा आएको छ। परियारले आफ्नो राजीनामा पत्रमा पार्टीप्रति कुनै असन्तुष्टि व्यक्त नगरी ‘नयाँ अभियान सुरु गर्नुपर्ने भएकाले’ आफू रास्वपामा रहन नसक्ने उल्लेख गरेका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan