नेपाल आयल निगमको पेट्रोल,अबैध चोरी गरि बिक्री गर्दै गर्दाको अबस्थामा ४ जना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले नेपाल आयल निगमको थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गर्दै आएका चार जनालाई पक्राउ गरेको छ। प्रहरीले आइतबार दिउँसो अम्लेखगंजबाट काठमाडौंतर्फ जाँदै गरेको पेट्रोलियम बोक्ने ट्याङ्कर (ना. ४ ख. ९३७७) बाट मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टरमा अवैध रूपमा पेट्रोल झिकिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उक्त ट्याङ्कर नेपाल आयल निगमको थानकोट डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा बाटोमै अवैध रूपमा बिक्री वितरण गरेको पाइएको हो। पक्राउ परेकामध्ये ट्याङ्कर चालकसहित फ्यूल सेन्टरका सञ्चालक र अन्य दुई जना संलग्न रहेका छन्।

घटनास्थलमा पुगेको मकवानपुर प्रहरीले ट्याङ्कर र पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार लामो समयदेखि यस्ता अवैध कारोबारहरू आवत–जावत हुने क्रममा हुँदै आएको आशंका गरिएको छ।

प्रहरीले अब घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको र नेपाल आयल निगमसँग समन्वय गरी इन्धन ढुवानी प्रणालीमा निगरानी र नियन्त्रण कडाइ गर्ने तयारी गरेको जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.