सोलुखुम्बुमा अल्टिच्युट एयरको हेलिकोप्टर दु‍र्घटना, पाइलट सकुशल

सोलुखुम्बु । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दु‍र्घटनामा परेको छ । सगरमाथा आधार शिविर नजिकै ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर हिउँमा चिप्लिएर दु‍र्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार उक्त हेलिकोप्टरमा चालकमात्रै सवार थिए र उनी सकुशल रहेका छन् ।

कुँवरका अनुसार हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा सन्तुलन बिग्रिँदा हिउँमा चिप्लिएर दु‍र्घटनामा परेको हो । दु‍र्घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

दु‍र्घटनापछि हेलिकोप्टरमा सामान्य क्षति पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.