मकवानपुरकी प्रजिअ स्किम श्रेष्ठको सरुवा, बसन्त अधिकारी आउने

हेटौँडा । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठको सरुवा भएको छ । आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठसहित ३६ जना प्रमुख जिल्ला अधिकारीहरूको एकैपटक सरुवा गरिएको हो ।

श्रेष्ठले गत फागुन १५ गते मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । गृह मन्त्रालयका अनुसार उहाँलाई सिन्धुली जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ ।

यसैबीच, मकवानपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा बसन्त अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरिएको छ । अधिकारी सिराहाबाट सरुवा भई मकवानपुर आउन लाग्नुभएको हो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.