मकवानपुरमा YCL र अनेरास्ववियु (क्रान्तिकारी) द्वारा संयुक्त रूपमा बुझाए जिल्ला प्रशासनलाई ज्ञापनपत्र

मकवानपुर कार्तिक २, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा दुई करोड रुपैयाँ दुबै ट्रकमा लुकाएर पठाएको भनी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (DIG) देवराज सुवेदीले सामाजिक सञ्जालमार्फत् तथ्यहीन र भ्रामक प्रचार गरेको विषयमा वाइसीएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरले आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

संयुक्त रूपमा बुझाइएको ज्ञापनपत्रमा उक्त प्रचारले पार्टी, नेतृत्व र संगठनको चरित्र हत्या गर्ने गैरजिम्मेवार गतिविधि भएको उल्लेख गरिएको छ । साथै, डिजिटल माध्यममार्फत् गरिएको यस्तो गलत र भ्रामक प्रचार साइबर अपराधअन्तर्गत पर्ने भएकाले कानूनी रूपमा कडा कारबाही गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ
झुटा र भ्रम फैलाउने व्यक्तिहरूमाथि तत्काल कानूनी कारबाही गरियोस् । पार्टी र नेतृत्वमाथि राजनीतिक प्रतिस्पर्धाको आधारमा हुने गलत प्रचार–प्रसार बन्द गरियोस् । यदि यस्ता गतिविधि तुरुन्त रोकिएनन् भने युवा विद्यार्थी संगठनहरूलाई आन्दोलन र विरोध कार्यक्रम गर्न बाध्य हुनुपर्नेछ ।

ज्ञापनपत्र वाइसीएल नेपाल मकवानपुरका अध्यक्ष मुक्ति लामा र अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीमार्फत बुझाएका हुन् ।

उनीहरूले सत्यतथ्य विपरीत भ्रम फैलाउने कार्यले आन्दोलनका उद्देश्य र पार्टीको छवि धुमिल बनाउने भएकाले यस्ता असत्य प्रचारमा संलग्नलाई कानूनी कठघरामा उभ्याउन आवश्यक ध्यानाकर्षण गराएका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.