
हेटौंडा,कार्तिक १
सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर समाजसेवामुखी कार्यको निरन्तरतास्वरूप हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको प्रमुख आतिथ्य सिटिजन लाइफ इन्स्योरेन्सका व्यवसायिक प्रवर्द्धन प्रमुख शिवकुमार कार्कीले गरेका थिए। सिटिजन लाइफ इन्स्योरेन्स हेटौंडा शाखाको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी, हेटौंडा उपशाखाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा २५ जना सहभागीले रक्तदान गरेका थिए।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका,१६ मा सम्पन्न भएको हो। उक्त कार्यक्रमको संयोजक एजेन्सी म्यानेजर प्रेम लामिछानेले गरेका थिए।
प्रमुख अतिथि कार्कीले सिटिजन लाइफ इन्स्योरेन्सले केवल बीमा सेवा मात्र नभई सामाजिक उत्तरदायित्वका गतिविधिमा पनि अग्रसर रहेको बताएका थिए।
रगतले जीवन दिन्छ, र सिटिजन लाइफले समाजप्रतिको उत्तरदायित्वबाट कहिल्यै पछि हट्दैन,व्यावसायिक प्रवर्द्धन प्रमुख कार्किका अनुसार सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र समुदाय विकासका क्षेत्रमा यस्ता अभियानलाई निरन्तरता दिनेछ।
कार्यक्रममा शाखाका कर्मचारी, एजेन्सी टिम र स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan