हेटौंडामा सुरु अखिल क्रान्तिकारी कप यू–१६ फुटबल प्रतियोगिता : विद्यालयबीचको रोमाञ्चक प्रतिस्पर्धा

हेटौंडा । हेटौंडा–५, पिप्ले–क्याम्पा रंगशालामा पहिलो संस्करणको अखिल क्रान्तिकारी कप यू–१६ फुटबल प्रतियोगिता सुरु भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन संघका अध्यक्ष बुद्धराज अर्यालको सभाध्यक्षता र बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

दुई दिनसम्म चल्ने यो प्रतियोगितामा हेटौंडाका ८ वटा विद्यालयहरूको सहभागिता रहेको छ। उद्घाटन समारोहमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, नेकपा (माओवादी केन्द्र) हेटौंडा नगर कमिटीका अध्यक्ष प्रदिप अर्याललगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

पहिलो दिनको खेलमा निकै प्रतिस्पर्धात्मक भिडन्तहरू भएका थिए।

पहिलो खेलमा हेटौंडा–५, सिद्धार्थ शिशु सदनले हेटौंडा–१९, शिक्षा विकासलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो। सिद्धार्थका धमेन्द्र स्याङ्तानले निर्णायक गोल गरेका थिए।

दोस्रो खेलमा हेटौंडा–७, तासिर इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलले हेटौंडा–२, बालजागृति बोर्डिङलाई २–० गोलले हरायो। तासिरका एलएक्स आचार्यले दुबै गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए।

तेस्रो खेलमा हेटौंडा–९, माउण्ट एभरेष्ट बोर्डिङले हेटौंडा–१२, फेमकोल एकेडेमीलाई टाइब्रेकरमा ३–२ ले हरायो। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा पुगेको थियो।

अन्तिम खेलमा रुसलले रिलायन्स इंग्लिस बोर्डिङलाई १–० गोलले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गर्‍यो।

आयोजक समितिका अनुसार मंगलबार प्रतियोगिताका सेमिफाइनल र फाइनल दुवै चरणका खेलहरू हुनेछन्। विजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताको उद्देश्य विद्यार्थीबीच खेल भावना अभिवृद्धि गर्नु, अनुशासन र सहकार्यको भावना विकास गर्नु तथा स्थानीयस्तरमा खेलकुदको विकासमा योगदान पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.