सुदन किरातीको जेनजीलाई सन्देश : ७२ दिनमै ढलेको थियो श्रमिक सरकार


काठमाडौं । हाल चर्चामा रहेको ‘जेनजी आन्दोलन’बारे माओवादी केन्द्रका पूर्वमन्त्री सुदन किरातीले इतिहासको उदाहरण दिँदै सन्देशमूलक टिप्पणी गरेका छन्।

किरातीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सन् १८७१ मा फ्रान्समा बनेको श्रमिक सरकार ७२ दिनमै ढलेको उदाहरण प्रस्तुत गर्दै जेनजी पुस्तालाई त्यसबाट पाठ सिक्न सुझाव दिएका छन्।

उनले लेखेका छन्, “जेनजीले बुझ्नुपर्ने कुरा — विश्व इतिहासमा श्रमिकहरूको पहिलो सरकार विभत्स ढंगले ७२ दिनमै ढलेको थियो।”

किरातीका अनुसार ‘पेरिस कम्युन’ नामको श्रमिक सरकार असफल हुनुका मुख्य कारण अनुभवको कमी, पुरानो सत्ताको बलियो संयन्त्र, सत्ता गुमाएको शक्तिको प्रतिशोधी सोचाइ र आन्तरिक कलह थिए।

उनले भनेका छन्, “नेतृत्व आन्तरिक रूपमा विभाजित हुँदा सरकार मुख्य काममा केन्द्रित हुन सकेन। प्रतिशोधपूर्ण मानसिकता बलियो रहँदा राष्ट्रिय एकतामा ध्यान पुग्न सकेन।”

किरातीले इतिहासको प्रसङ्ग उद्धृत गर्दै भनेका छन् —

“७२ दिनमै श्रमिकहरूको सरकार ढल्यो। हजारौं श्रमिकहरू फाँसीमा झुण्डाइए, धेरै जेल हालिए, र सयौंलाई देशनिकाला गरियो। घटना सन् १८७१ मे २८ मा फ्रान्सको पेरिसमा घटेको थियो।”

उनको यो टिप्पणीलाई पछिल्ला दिनमा युवाहरूले सञ्चालन गरिरहेको ‘जेनजी आन्दोलन’ तर्फ लक्षित सन्देशको रूपमा हेरिएको छ।

किरातीका अनुसार, “इतिहासले सिकाउँछ,अनुभव, एकता र संयमता बिना परिवर्तन सम्भव हुँदैन।”


केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.