
हेटौंडा । गायक तथा पत्रकार बलराम पुडासैनीको नयाँ गीत ‘वर पिपलु’ सार्वजनिक गरिएको छ। गीतको म्यूजिक भिडियो आज मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।

गीतमा पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन्। गीतका शब्द किशनप्रसाद सुवेदी, संगीत सञ्जोग गौतम र संगीत संयोजन विश्व अधिकारीले गरेका हुन्। गीत ओपल रेकर्डिङ स्टुडियो र अन्तरा स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोमा गायक पुडासैनी र गायिका राईकै अभिनय देख्न सकिन्छ। उनीहरूको प्रस्तुतिले गीतको भावनात्मक गहिराइलाई सशक्त बनाएको छ।
‘वर पिपलु’ले प्रेमको मधुर सुरुवातदेखि वियोगपछिको पीडा र आत्मबोधसम्मका संवेदनशील भावनाहरूलाई कलात्मक रूपमा चित्रण गरेको छ। प्रेममा पर्ने युवायुवतीका मनोवैज्ञानिक उतार–चढाव, ब्रेकअपपछि आउने पछुतो, र आत्मसंवादका क्षणहरूलाई गीतले गहिरो स्पर्श दिएको छ।
गीतले प्रेमको मिठास मात्र होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीत पनि सुन्दर रूपमा झल्काउँछ।
समकालीन युवा पुस्ताको यथार्थ प्रेमकथा र भावनात्मक संसारको प्रतिनिधित्व गर्ने यस गीतलाई दर्शक–श्रोताले आत्मीय रूपमा ग्रहण गर्ने विश्वास लिइएको





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan