
जेन–जि मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, टंगालमा कडा सुरक्षा ब्यबस्था।
काठमाडौं । जेन–जि मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै आज आयोगमा निवेदन दर्ता गराउने तयारी गरेपछि टंगालस्थित आयोग परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

राजीनामा मागसहितको निवेदन बुझाउने तयारीबारे जानकारी पाएपछि प्रहरीले आयोग वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रवेश मार्गदेखि परिसरभित्रसम्म सुरक्षाकर्मीलाई सतर्क अवस्थामा खटाइएको छ।

अभियानका प्रतिनिधिहरूले प्रमुख आयुक्त राईमाथि दुरुपयोग र निष्पक्षतामाथि प्रश्न उठ्दै आएको भन्दै आयोगको विश्वसनीयता पुनःस्थापनाका लागि राजीनामा आवश्यक रहेको बताएका छन।






युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan