माओवादी केन्द्र फागुन २१ को चुनावमा सहभागी हुने निर्णय


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले चुनावमा जाने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले चुनावमा सहभागी हुने र अन्य दलहरूसँग पनि छलफल गर्ने बताएका छन् ।

उनले भने, “हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरु पार्टीहरूसँग पनि छलफल गछौँ।” प्रचण्डले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा माओवादी केन्द्र रहेको बताए ।

“हामीले केन्द्रीय समितिबाट अघि बढ्ने रणनीति तय गरिसकेका छौँ,” उनले भने, “घोषित मितिमा चुनाव हुनुपर्छ र सबै दलले भाग लिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो।”

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.