देशभर दुई दिनमा ४० जनाको मृत्यु, ११ जना अझै बेपत्ता

काठमाडौँ । अविरल वर्षासँगै देशभर बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनाका कारण असोज १८ र १९ गते मात्र ४० जनाले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार दुई दिनको लगातार वर्षाले धेरै स्थानमा जनधनको ठूलो क्षति पुगेको छ ।

सबैभन्दा बढी कोशी प्रदेशमा जनहानि भएको छ । इलाम जिल्लामा मात्र बाढी र पहिरोका घटनामा २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, उदयपुर, खोटाङ र पाँचथरमा गरी ९ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता रहेका छन् ।

मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको छ भने बारामा १ जना बेपत्ता छन् । यस्तै, बागमती प्रदेशअन्तर्गत रसुवामा ४ जना र काठमाडौंमा १ जना बेपत्ता भएका छन् । यससँगै देशभर बेपत्ताको संख्या ११ पुगेको छ ।

सुरक्षाकर्मीहरूले बेपत्ताको खोजी कार्य निरन्तर जारी राखेका छन् । विपद् व्यवस्थापन निकायहरूले जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

संबन्धित निकायहरूले जनतालाई सतर्क रहन, नदी तथा खोलानालासमिप नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.