
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज राति १० बजेबाट भोलि आइतबार बिहान २ बजेसम्म देशका विभिन्न १७ जिल्लामा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । विभागले सो अवधिमा वर्षाको तीव्रता अत्यधिक हुने भन्दै ती जिल्लाहरूमा रेड अलर्ट जारी गरेको हो ।
विभागका अनुसार शनिबार साँझदेखि आइतबार बिहान ८ बजेसम्म देशका दक्षिण र पूर्वी भागमा वर्षाको प्रभाव उच्च रहनेछ । विशेषगरी मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरूमा बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले समेत सम्बन्धित सरकारी निकाय र स्थानीय तहहरूलाई उच्च सतर्कताका साथ पूर्वतयारीमा रहन निर्देशन दिएका छन् ।
विभागका महानिर्देशक जोशीका अनुसार वर्षाको कारण नदी–नालामा पानीको बहाव तीव्र हुन सक्ने, तटीय क्षेत्र र कमजोर भौगोलिक स्थानहरूमा पहिरो तथा बाढी आउन सक्ने भएकाले सुरक्षात्मक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
विभागको सुझाव: अनावश्यक यात्रा नगर्नुहोस्,नदी किनार र पहिरो सम्भावित क्षेत्रबाट टाढा रहनुहोस्स्था,नीय प्रशासनको सूचना र निर्देशनलाई पालना गर्नुहोस्
विभागले सबैलाई मौसमी अपडेटमा रहँदै सुरक्षित रहने आग्रह गरेको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan