अविरल वर्षाका कारण आइतबार र सोमबार देशभर सार्वजनिक बिदा

सरकारले दुई दिन सरकारी कार्यालय बन्द गर्ने निर्णय

काठमाडौं । अविरल वर्षासँगै देशभर उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार (असोज १९ र २० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको सार्वजनिक सूचना अनुसार जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

त्यसैले बाढी, पहिरो र सडक अवरुद्ध हुनसक्ने सम्भावना रहेकाले अत्यावश्यक सेवा बाहेकका सर्वसाधारण कार्यालयहरू बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भण्डारीको हस्ताक्षर भएको सूचनामा भनिएको छ।

यस अवधिमा उद्धार, राहत र सुरक्षात्मक कार्यका लागि सुरक्षा निकायहरूलाई सतर्क रहन निर्देशन दिइएको छ। मन्त्रालयले परिस्थिति सामान्य भएसँगै कार्यालयहरू पुनः सञ्चालनमा आउने जनाएको छ।


बिदा मिति: असोज १९ र २० गते (आइतबार र सोमबार)
बन्द हुने: सबै सरकारी तथा गैर–आवश्यक सेवा कार्यालयहरूअनुरोध: वर्षाको जोखिम क्षेत्रका नागरिक सतर्क रहनुहोस्

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.