दक्षिणपूर्वी क्षेत्रबाट सुरु हुने भारी वर्षा : काठमाडौंमा शनिबारदेखि आइतबारसम्म ठुलो प्रभाव

काठमाडौं । जल तथा मौसम विभागका अनुसार आज शुक्रबार (१७ गते, एकादशी) मध्यराति देखि नेपालको दक्षिणपूर्वी क्षेत्र हुँदै वर्षाको प्रभाव सुरु हुने भएको छ। विभागले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

विभागले विभिन्न क्षेत्रमा हुने वर्षाको स्तर यस्ताे हुने जनाएको छः

रातो क्षेत्र : अति भारी वर्षा

नीलो क्षेत्र : भारी वर्षा

हरियो क्षेत्र : मध्यमदेखि हल्का वर्षा

पहेँलो क्षेत्र : हल्का वर्षा वा वर्षा नहुने

काठमाडौं उपत्यका तथा वरिपरिका क्षेत्रमा भने शनिबार बिहानदेखि आइतबार बिहानसम्म ठूलो वर्षा हुने सम्भावना छ।

विभागले वर्षाका कारण पहिरो, बाढी तथा यातायातमा अवरोध आउन सक्ने भन्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.