
काठमाडौं। जेन–जि आन्दोलनसँग आवद्ध युवाहरूले शहीदहरूको सम्झनामा राजधानीमा क्यान्डिलमार्च गरेका छन्। आन्दोलनका युवा सुदन गुरुङ, मिराज ढुङ्गना लगायतले दीप प्रज्वलन गर्दै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
क्यान्डिलमार्चमा सहभागी युवाहरूले आन्दोलनलाई केवल विरोधको स्वरूपमा सीमित नराखी न्याय, समानता र परिवर्तनका लागि निरन्तर अघि बढाउने प्रतिबद्धता जनाए।
उनीहरूको भनाइमा, शहीदहरूको बलिदानबाट प्रेरणा लिई सामाजिक न्याय र समावेशी समाज निर्माणका लागि नयाँ पुस्ताले आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउनेछ।
क्यान्डिलमार्चले जेन–जि आन्दोलनलाई नयाँ ऊर्जा मात्र दिएको छैन, समाजलाई सकारात्मक रूपान्तरणतर्फ अघि बढाउने यात्राको स्पष्ट सन्देश पनि दिएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan