भारी वर्षा हुने पूर्वानुमान पछि :हेटौंडाकाठमाडौं आवागमन रोक

मकवानपुर/ जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा लगातार भारी वर्षा हुने सम्भावना रहेको चेतावनी दिएसँगै मकवानपुर जिल्ला प्रशासन कार्यालयले हेटौंडा–काठमाडौं आवागमनमा अस्थायी रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार असोज १७ गतेदेखि २० गतेसम्म तोकिएका सडक खण्डमा सवारी साधन सञ्चालन नगर्न आदेश जारी गरिएको छ।

रोक लगाइएका सडक मार्ग

बिहान ४:०० बजेदेखि बिहान ६:०० बजेसम्म काल्तीतालकोट हुँदै हेटौंडाबाट ललितपुरतर्फ जाने।

बिहान ५:०० बजेदेखि बिहान ६:०० बजेसम्म हेटौंडाबाट भैंसे हुँदै काठमाडौंतर्फ जाने।

प्रशासनले अत्यावश्यकबाहेक अन्य सबै प्रकारका यात्रामा रोक लगाइएको र विशेष गरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै, नदी किनार र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा नजिक नजान तथा उच्च सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

तयारी र सहकार्य

सुरक्षा निकाय, स्थानीय निकाय, टोल विकास समिति, स्वयंसेवकसहित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। साथै, विपद् व्यवस्थापन समितिहरूलाई निरन्तर समन्वय र सतर्कतासहित खटिन भनिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रामा निस्कनु अघि यस सम्बन्धी सूचना अनिवार्यरूपमा हेर्न र सुरक्षित रहन सबैलाई आग्रह गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.