
थाहा नगर, पालुङ – दशैंको महत्वपूर्ण दिन फुलपातीलाई विशेष विधिअनुसार पालुङमा भित्र्याउने पुरानो परम्परा यस वर्ष पनि उत्साहपूर्वक मनाइँदैछ।
चलनअनुसार अग्राको चल्तीबाट अर्यालहरूले बेलपत्रसहितको फुलपाती मत्स्यनारायणसम्म ल्याउने गर्छन्। त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल र ब्राह्मणसहित सातजना कर्ताहरूले बाजागाजासहित पालुङको फुलपाती चौरसम्म डोलीमा राखेर फुलपाती भित्र्याउने परम्परा रहिआएको छ।
फुलपाती चौर, जुन पालुङ खोला किनारमा अवस्थित छ, दशैंमा मात्र प्रयोग हुने विशेष स्थलका रूपमा परिचित छ। यहाँ ल्याइएको फुलपातीलाई शुभ साइतमा पुजाविधि अनुसार बलीसहित बढाई गरी, त्यसपछि पालुङको दशैं घरमा भित्र्याइने परम्परा आजसम्म निरन्तर चलिआएको छ।
यसरी फुलपाती चौरमा गरिएको परम्परागत विधि दशैं आएको सूचक मानिन्छ, जसलाई स्थानीय बासिन्दाले आस्था, संस्कृति र सामूहिक उत्सवका रूपमा संरक्षण गर्दै आएका छन्।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan