नेकपा (माओवादी केन्द्र) : केन्द्रीय समिति विघटन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले संगठनात्मक संरचनामा ठूला निर्णयहरू गरेको छ । बैठकले हालको केन्द्रीय समिति विघटन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले उक्त प्रस्तावलाई अब हुने केन्द्रीय समिति बैठकमा लैजाने निर्णयसमेत गरेको छ । यससँगै पार्टीलाई आगामी विशेष महाधिवेशनतर्फ अघि बढाउने तयारी सुरु भएको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, स्थायी समितिले विशेष महाधिवेशनको मिति तोक्ने र पार्टी निर्वाचनका लागि सरकारले चासो देखाउनुपर्ने विषयमा ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

बैठकले हालैको जेन–जेड आन्दोलनलगायत परिवर्तनकारी शक्तिहरूसँग संवाद र वार्ता गरेर समझदारी कायम गर्नेबारे पनि अडान लिएको छ ।

माओवादी केन्द्रको यो निर्णयलाई आगामी राजनीतिक परिदृश्यसँग जोडेर हेरिएको छ, जहाँ विशेष महाधिवेशनले पार्टीको नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.