मन्त्री कुलमान घिसिङको दशैं सन्देश : “सडक सुरक्षा नै जीवन सुरक्षा, सुरक्षित यात्रा नै राष्ट्रको शक्ति”

हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले दशैंको अवसरमा चालक र यात्रुहरूलाई सुरक्षित यात्राका लागि विशेष आग्रह गर्नुभएको छ। उहाँले रमाइलो गर्दै घर फर्किँदा पनि हतार नगरी, नियम पालना गर्दै सजग भएर यात्रा गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री घिसिङले चालकहरूलाई गति नियन्त्रणमा राख्न, मदिरा सेवनपश्चात् सवारी नचलाउन र लामो यात्राअघि विश्राम लिन आग्रह गर्नुभएको छ। साथै यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन चालक साथीहरूलाई स्मरण गराउनुभयो।

त्यस्तै, यात्रुहरूलाई क्षमताभन्दा बढी सवारीमा नचढ्न, चालकलाई दबाब नदिई शान्तिपूर्वक यात्रा गर्न प्रोत्साहन गर्न र आवश्यक सावधानी अपनाउन उहाँले आह्वान गर्नुभएको छ।

“यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो,” मन्त्री घिसिङले भन्नुभयो। उहाँका अनुसार, “सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुशी हो, र परिवारको खुशी नै हाम्रो राष्ट्रको शक्ति हो।”

मन्त्री घिसिङले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुरक्षित यात्रासहितको मंगलमय दशैंको शुभकामना दिनुभएको छ। 🙏

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.