
काठमाडौं । २०८२ असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले हालैको जेन–जी आन्दोलनसँग सम्बन्धित विषयमा विशेष ध्यान दिँदै बल प्रयोगबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा टेकेन्द्र कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई जिम्मेवारी दिएको छ । त्यस्तै, सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसीलाई सरुवा गर्ने निर्णय भएको छ ।
आन्दोलनका कारण क्षतिग्रस्त भएका क्षेत्रको मूल्याङ्कन गर्न समिति गठन गर्ने र पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, आन्दोलनका क्रममा क्षति पुगेका सवारी साधन र औजारको लिमासमेत गरिनेछ ।
बैठकले तीन करोडभन्दा बढी लागतका परियोजना थप नगर्ने, सरकारी खर्चमा व्यापक कटौती गर्ने र जेन–जी आन्दोलन प्रभावितलाई छुट तथा आवश्यक सहुलियत दिने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।
सरकारले लिएको यी निर्णयलाई हालको राजनीतिक तथा सामाजिक परिप्रेक्ष्यमा महत्वपूर्ण मानिएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan