अध्यक्ष प्रचण्ड द्वारा माओवादी केन्द्रको विशेष महाधिवेशन प्रस्ताव

काठमाडौं– माओवादी केन्द्रमा विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिरसम्ममा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको पदाधिकारी बैठकमा प्रचण्डले सो प्रस्ताव गरेका हुन् ।

पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार प्रचण्डको प्रस्तावमा केन्द्रदेखि तल्लो तहसम्मका सबै संरचना भङ्ग गर्ने विषय समेत समावेश छ । बैठकमा उनले हालैको Gen – Z आन्दोलनले उठाएका प्रश्नहरूबारे समेत चर्चा गरेका थिए ।

पछिल्लो समय ठूला दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणबारे बहस चर्किँदै जाँदा प्रचण्डले पनि महाधिवेशनमार्फत नयाँ निर्णय गर्ने संकेत दिएका हुन् । यसअघि उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की लगायतले विशेष महाधिवेशनको माग गर्दै पार्टीभित्र चर्को आवाज उठाइरहेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.