
हेटौंडा । संविधान दिवसको १०औँ वार्षिकोत्सवका अवसरमा अखिल (क्रान्तिकारी) मकवानपुरले आज हेटौंडाको बुद्धचोकमा विशेष कार्यक्रमका साथ दिवस मनाएको छ।
जिल्ला अध्यक्ष बुद्धराज अर्यालको नेतृत्वमा आयोजित शान्ति र्यालीमा नेकपा बागमती प्रदेश कमिटी सदस्य विवेक राई, माओवादीका जिल्ला नेता महेश सिग्देल, क्रान्तिकारीका केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेताहरु,अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य,पत्रकार प्राध्यापक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा कुनै नारा, जुलुस वा सम्बोधन नगरी सहभागीहरूले हातमा विभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्डसहित बुद्धचोक वरिपरि गोलो घेरा बनाई ३० मिनेट मौन बसेर संविधान दिवस मनाएका थिए।
देशमा भर्खरै सम्पन्न Gen-Z आन्दोलनमा सहादत प्राप्त सहिदहरूको सम्झनामा यो दिवस मौन र शान्तिपूर्ण ढंगले मनाइएको जिल्ला अध्यक्ष अर्यालले बताए। उनले संविधानले दिएका उपलब्धिहरूलाई संस्थागत गर्दै आवश्यक संशोधनमार्फत संविधानलाई थप जनमुखी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan