मकवानपुरमा खोलाले युवक बगायो, प्रहरी र स्थानीयद्वारा खोजी जारी

मकवानपुर असोज १
मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँमा बागमती खोलाले एक युवकलाई बगाएको छ।

शनिबार दिउँसो करिब ३:३० बजेतिर माझगाउँ खेस्रेखोला टोलका ४८ वर्षीय गुञ्जमान घलान आफ्ना १८ वर्षीय छोरा सोमबहादुर घलानसँग माछा मार्न घरदेखि करिब ५०० मिटर पूर्वतर्फ खोलातिर गएका थिए। सो क्रममा खोलाले सोमबहादुरलाई बगाएको र हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी निरीक्षक कमल प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोली स्थानीयवासीसँगै बेपत्ताको खोजीकार्यमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.