बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा दिएका छन्

हेटौंडा, २०७८ भदौ ७

गत भदौ २३ गते जेन-जी को आन्दोलनको क्रममा भएको घटनापछि जनताका माग र परिस्थितिलाई मध्यनजर गर्दै उनले पदबाट राजीनामा दिने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमार्फत २४ गते नै राजीनामाको घोषणा गरेका पाठकले सोमबार औपचारिक रूपमा प्रदेश सभा सचिवालयमा लिखित राजीनामा बुझाएका छन्।

उनले आफ्नो राजीनामा पत्रमा जनताले देखाएको चाहना, युवा पुस्ताको भावना र सुशासनको पक्षमा आवाजलाई सम्मान गर्न आफू पदबाट अलग भएको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा पाठकले भनेका छन्, “राष्ट्र संकटको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनालाई विपरीत पदमा रहिरहनु उचित नहुने हुँदा म पदबाट अलग भएको छु।”

यससँगै बागमती प्रदेश सभा अब नयाँ सभामुखको चयन प्रक्रियामा अघि बढ्ने भएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.