अन्तरिम सरकारलाई Gen -X भनेर आलोचना, नेकपाले राजनीतिक अधिकार हनन नगर्न चेतावनी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समितिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई “Gen–Z” को नाममा भए पनि वास्तविकमा “Gen– X” को सरकार भएको आरोप लगाएको छ। पार्टीले यसलाई जनताको अपेक्षा विपरीतको कदम भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ।

नेकपाले सोमबार जारी गरेको विज्ञप्तिमा अन्तरिम सरकार नागरिक समाज, राजनीतिक शक्तिहरू र आन्दोलनकारी शक्तिहरूलाई बेवास्ता गरेर बनेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने जनाएको छ। “यो सरकार जनताको अधिकार खोस्ने, प्रतिगामी शक्तिहरूलाई फाइदा पु-याउने र पुरानो राज्य प्रणालीलाई निरन्तरता दिने खालको छ,” विज्ञप्तिमा भनिएको छ।

पार्टीले मुलुकमा वर्षौंदेखि चल्दै आएका भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलाली र आपराधिक गतिविधिमा संलग्न शक्तिहरूको संरक्षण हुने खतरा रहेको चेतावनी दिएको छ। “हामीलाई चाहिएको केवल मन्त्रिपरिषद् मात्र होइन, राज्य पुनःसंरचना र संविधानको पुनर्लेखन पनि हो,” नेकपाले स्पष्ट गरेको छ।

महासचिव विप्लव सीले हस्ताक्षर गरेको विज्ञप्तिमा मुलुकलाई आत्मनिर्भर, स्वाभिमानी र सामाजिक न्यायसहितको समाजतर्फ उन्मुख गराउन इमान्दारीपूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, यसलाई अस्वीकार गर्दै नागरिक अधिकार, राष्ट्रिय स्वाधीनता र नेपाली समाजको हितमा जनतासँगै संघर्ष गर्ने चेतावनी पनि दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.