
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आइतबार बिहान आक्रमण भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार हेटौँडा–२, बुद्धचोकमा करिब बिहान १० बजे साथीहरूसँग बसिरहेको अवस्थामा उपप्रमुख बानियाँमाथि एक्कासी आक्रमण गरिएको हो। आक्रमणबाट उहाँ सामान्य रूपमा घाइते भएका छन्।
प्रहरीले घटनापछि आक्रमणमा संलग्न हेटौँडा–२ का ५१ वर्षीय पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएको छ। खड्काले यसअघि नेता विरोध खतिवडामाथि पनि आक्रमण गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan