
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई असहज, विपत् र चुनौतीपूर्ण परिस्थितिबाट पार लगाउन लोकतान्त्रिक अभ्यासमार्फत अघि बढ्नु जरुरी रहेको बताएका छन्।
राष्ट्रपति पौडेलले शनिबार एक सन्देश जारी गर्दै संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणालीको स्थायित्व कायम राख्न निर्वाचनको महत्वपूर्ण भूमिका हुने उल्लेख गरेका छन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ पार्ने अवसरका रूपमा जनताले प्रयोग गर्ने विश्वास व्यक्त गरे।
“देशले संविधान बचाएको छ, संसदीय प्रणाली जोगाएको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम राखेको छ,” राष्ट्रपतिको सन्देशमा भनिएको छ, “अब हुने निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतान्त्रिक बाटोतर्फ अघि बढ्न जनताले अवसर पाएका छन्।”
राष्ट्रपति पौडेलले जनतालाई जिम्मेवार र विवेकपूर्ण ढंगले सहभागिता जनाउन आह्वान गरेका छन्। साथै, निर्वाचनलाई सफल बनाउन सबै सरोकारवाला पक्षलाई सहयोग गर्न समेत उनले अनुरोध गरेका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan