
काठमाडौं, २०७२ साउन २५ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देशले असहज, विपन्न र भयपूर्ण अवस्थाबाट शान्तिपूर्ण निकास पाइसकेको अवस्थामा आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै लोकतान्त्रिक अभ्यासलाई अझ सबल बनाउन जनतासँग आग्रह गरेका छन्।
शनिबार जारी सन्देशमार्फत राष्ट्रपतिले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्रको आधार सुरक्षित रहेको स्पष्ट पार्दै लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य भएको बताए।
संविधान र लोकतन्त्र सुरक्षित
राष्ट्रपतिले संविधान र लोकतान्त्रिक प्रणालीमा जनताको विश्वास कायम रहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउन अहिलेको निर्वाचन सुनौलो अवसर भएको बताए।
उनका अनुसार प्रतिनिधिमूलक संस्थामार्फत जनताको अधिकार अभिव्यक्त हुने र मुलुकले दीगो राजनीतिक स्थिरता प्राप्त गर्ने अवस्था निर्माण भएको छ।
जनतालाई जिम्मेवारीपूर्वक सहभागिता गर्न आग्रह
राष्ट्रपतिले भने, “बडो जुनूनले प्राप्त अवसरको सदुपयोग गर्दै जनताले आफ्नो अधिकार अभिव्यक्त गर्ने बेला आएको छ। आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु सबैको जिम्मेवारी हो।”
लोकतन्त्रको भविष्य जनतामै निर्भर
उनले लोकतन्त्रलाई मजबुत बनाउन राज्यका निकाय, राजनीतिक दल र आम नागरिक सबैको समान भूमिका आवश्यक हुनेमा जोड दिए।
राष्ट्रपतिले मुलुकमा स्थायित्व, सुशासन र समृद्धि ल्याउने आधारको रुपमा निर्वाचनलाई हेर्नुपर्ने पनि बताए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan