
ब्रेकिङ न्यूज
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख नियुक्त हुनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ९ बजे शपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिनुभयो।
यसअघि, नयाँ सरकार गठनबारे छलफलका लागि कार्कीसहित जेनजी अभियन्ता सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल शीतलनिवास पुगेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको दबाबपछि मंगलबार राजीनामा दिनुभएको थियो।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan