नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक सम्पन्न

१९ भाद्र, २०८२
पेरिसडांडा, काठमाण्डौं ।
नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले पार्टीभित्र गुटगत गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले पार्टीभित्र गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिनुभयो । यसप्रकारका गतिविधिहरुलाई नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषयमा छलफल भएको र निर्णय अर्को बैठकमा लिइने उहाँले बताउनुभयो । 

आजको बैठकमा बिभिन्न समयमा एकता प्रक्रियामा आएकाहरुको जिम्मेवारी र कार्यविभाजनबारे समेत छलफल भएको छ। यसैगरी यसअघि स्थायी समिति बैठकले भदौको तेश्रो सातादेखि मध्यपहाडी जनजागरण अभियान पुनः सञ्चालन गर्ने निर्णय गरे अनुरुप अभियानको स्वरुपका बारेमा समेत छलफल गरेको छ । वर्षाको मौसम भएकोले बाह्यस्तरमा यसअघि जस्तो ठूला सभा तथा भेलाहरु नगरिने बरु पार्टी तथा जनस्तरमा आन्तरिक छलफल अन्तक्र्रिया गरिने नेता प्रवक्ता सापकोटाले बताउनुभयो । 

आजको बैठकमा बिभिन्न वाम पार्टीसँग भइरहेको एकताको पहलबारे समेत छलफल भएको छ । नेकपा माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतसँग एकता गर्ने निर्णय गरेअनुरुप आन्तरिक छलफल तीब्र छ । 

यसैगरी आजको बैठकमा हिजोदेखि जारी रहेको महिला संगठनको राष्ट्रिय सम्मेलनबारे समेत छलफल भएको प्रवक्ता साप्कोटाले जानकारी दिनुभयो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.