प्रेस सेन्टर नेपाल,गण्डकी प्रदेश द्वारा प्रेस विज्ञप्ति जारी

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशका सचिव तथा जनचाहना न्यूज डटकमका कार्यकारी सम्पादक एसबी नेपालीलाई प्रादेशिक अस्पताल, दमौलीमा समाचार संकलनमा अवरोध पुर्याउनुका साथै पत्रकार नेपालीमाथि गरिएको दुर्व्यवहारप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

विरामीको चाप बढेको बारेमा रिपोर्टिङका लागि मंगलबार प्रादेशिक अस्पताल, दमौली पुगेका पत्रकार एसबी नेपालीमाथि डा. निराजन पन्थले धाकधम्कीसहित दुर्व्यवहार गर्नुका साथै नेपालीले रेकर्ड गरेका विरामीका आवाज जबरजस्ती मोबाइलबाट हटाउन लगाएका थिए । प्रेस सेन्टर नेपाल यस प्रकारको प्रेस स्वतन्त्रताविरोधी कार्यको घोर निन्दा गर्दछ ।

रिपोर्टिङमा गरिएको अवरोधबाट प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकार हनन् भएको छ । पत्रकारलाई निर्वाधरूपमा समाचार संकलन गर्न दिन, प्रेस स्वतन्त्रता विरोधी कार्य रोक्न र संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्न प्रेस सेन्टर नेपाल आग्रह गर्दछ ।

पत्रकार एसबी नेपालमाथि दुर्व्यवहार गर्ने डा. निराजन पन्थलाई कारबाही गर्न र पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्न प्रदेश अस्पताल, दमौलीसँग आग्रह गर्दछ ।
१८ भदौ २०८२

(मनोज घर्तीमगर)

महासचिव

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.