
भाद्र १७, मकवानपुर — मकवानपुरगढी गाउँपालिकामा आगामी भाद्र २० गतेदेखि खुला फुटसल प्रतियोगिता सुरु हुँदैछ। प्रतिभा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता जिल्लामा फुटसल खेलको लोकप्रियता बढाउने, नयाँ खेलाडीहरू उत्पादन गर्ने तथा खेलाडीहरूको क्षमतावृद्धिसँगै आपसी सौहार्दलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रम संयोजक निराज ठकुरीका अनुसार प्रतियोगितामा जिल्लाभित्रका मात्र नभई जिल्लाबाहिरका समेत करिब २० उत्कृष्ट टिमहरूले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद रु. ६६,६६६ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद रु. ३३,३३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन्। यस्तै, उत्कृष्ट खेलाडीहरूलाई प्रत्येकलाई रु. ५,००० को नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनमा करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसका लागि विभिन्न निकाय र संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको संयोजक ठकुरीले जानकारी दिए।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan